सन्दीपले साग नखल्ने

16

(काठमाडौं) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद साग नखेल्ने भएका छन् ।

दुबै आँखाको शल्यक्रिया गराएका सन्दिपले २ हप्ता आराम गर्नुपर्ने भएपछि साग गुमाउने भएका हुन् । सन्दिपलाई टाढाको वस्तु देख्न समस्या हुने गरेको थियो ।

साेमबार बिहान काठमाडौंको तिलगंगा अस्पतालमा उनको दुवै आँखाको शल्यक्रिया भएको सन्दिपको व्यवस्थापन हेर्दै आएका राष्ट्रिय टोलीका एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।

टोलीमा अब उनको स्थानमा वैकल्पिक मध्येका रोहित कुमार पौडेल, भीम सार्की र सागर ढकालले स्थान बनाउने छन् ।

यही मंसिर १५ बाट सुरु हुने १३ औं सागमा नेपालले पहिलो खेल श्रीलंका यू २३ सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा भुटान, मंसिर २० मा माल्दिभ्स र २१ मा नेपालले बंगलादेश यू २३ टोलीसँग क्रिकेटमा प्रतिस्पर्धा गर्नेछ ।

स्वर्णका लागि लिग चरणका शीर्ष दुई टोलीबीच मंसिर २४ मा प्रतिस्पर्धा हुने छ । त्यसअघि मंसिर २३ मा कास्य पदकका लागि लिग चरणका तेस्रो र चौंथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

समाचार वर्गहरू