सभामुख र कजाखस्तानका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

17

काठमाडौं – यूरेशियाली देशका सभामुखहरुको चौंथो बैठकमा सहभागी हुन कजाखस्तान पुगेका सभामुख कृष्णबहादुर महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको थियो ।

नेपाल र कजाखस्तानबीचको सम्बन्ध राम्रो रहेको भन्दै सभामुख महराले आगामी दिनमा कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिए ।

सभामुख महराले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी दिनुहुँदै नेपाल भ्रमणका लागि कजाखस्तानका प्रधानमन्त्रीलाई अनुरोध गरे । साथै आफ्नो देशका नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रेरित गरिदिन पनि महराले आग्रह समेत गरेका छन् । महराले युरेशिसन देशका सभामुखहरुको बैठक आयोजना गरेकोमा प्रधानमन्त्री मामिनलाई धन्यवाद व्यक्त गरे ।

भेटवार्ताका अवसरमा कजाखस्तानका प्रधानमन्त्री मामिनले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न र व्यापार तथा अन्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न इच्छुक रहेको बताएका छन् । युरेशियन देशहरुका सभामुखहरुको बैठकको अवसरमा नेपालको प्रतिनिधि मण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

समाचार वर्गहरू