समानुपातिकतर्फ २७ लाख ६१ हजार १५९ मत गणना, रास्वपाले ५० प्रतिशत मत प्राप्त

4

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १०८ स्थानमा निर्वाचित भइसकेको रास्वपाले समानुपातिकतर्फ पनि गणना भएकामध्ये ५० प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म २७ लाख ६१ हजार १५९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ लाख ८८ हजार ४२१ मत पाएको छ । गणना भएको मतको आधारमा यो ५० प्रतिशतभन्दा बढी हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५ मत पाएको छ । नेकपा एमाले ३ लाख ८० हजार ९३२ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख एक हजार २२४ मत पाएको छ । यसैगरी श्रम संस्कृति पार्टीले ५६ हजार ६०३, राष्ट्रिय परिवर्तन पार्टीले ३६ हजार ४८८, जसपा नेपालले २४ हजार २४२, जनमत पार्टीले १३ हजार १७८ मत प्राप्त गरेको छ ।

समाचार वर्गहरू