साग महिला क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स

14

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स परेको छ ।

पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालले पहिलो खेल डिसेम्बर २ मा माल्दिभ्सँग खेल्नेछ । महिलातर्फ भारत र पाकिस्तानसँगै भुटान सहभागी छैन । साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स परेको हो ।

यस्तै डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । महिला क्रिकेटमा चार टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ । सागमा दोस्रो पटक क्रिकेट समावेश भएको हो । सागका लागि रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली घोषणा भएको छ ।

नेपालको महिला टोलीले घरेलु मैदानमा पदक जित्ने लक्ष्य राखेका छन् । १३ औं साग आगामी १५ देखि २४ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।

समाचार वर्गहरू