साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

13

काठमाडौं – भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित रंगशालामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ ।

प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो । पहिलो खेलमा फराकिलो हार भोगेको नेपाल आफ्नो दोस्रोमा भने हारको ऋङखला अन्त्य गर्ने लक्ष्यका साथ मैदन उत्रने छ ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ । भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

समाचार वर्गहरू