सार्वजनिक खरिद ऐनको मस्यौदा सरकारले तयारी गरिँदै, म्याद थपमा कडाइ गरिने तयारी

105

काठमाडौं । सार्वजनिक निर्माण क्षेत्रमा भइरहेको अव्यवस्था हटाउनका लागि सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्ने भएको छ । बालेन सरकार बनेको पहिलो दिन नै सार्वजनिक खरिद ऐनको मस्यौदा पाँच दिनभित्र तयार पारिने र ३० दिनभित्र संसदबाट पारित गर्ने निर्णय भएको थियो ।

सोहीअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ मस्यौदा तयार पार्नका लागि निर्माण व्यवसायीसहितको टोली तयार पारेर काम सुरु गरिसकेका छन् । समितिले आइतबारसम्म मस्यौदा तयार पारिसक्ने तयारी गरेको छ ।

संशोधनमा म्याद थपमा कडाइ गर्ने तयारी गरिएको छ । अहिलेसम्म १० पटकसम्म म्याद थप्न पाउने गरेकोमा अब काबुबाहिरको परिस्थिति भएमा पाँचपटकसम्म म्याद थप गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।

यद्यपि यो विषयमा छलफल जारी छ । त्यस्तै, न्यून बोलकबोलको प्रावधानका कारण कामै गर्न नसक्ने गरी ठेक्का लगाउने प्रचलन रोक्नका लागि थ्रेसहोल्डको व्यवस्था गर्नेबारेमा पनि छलफल चलिरहेको छ ।

समाचार वर्गहरू