साहित्यकार तथा पत्रकार पराजुलीको निधन

52

काठमाडौं – साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ ।

न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

साहित्यमा विशेष रुची राख्ने पराजुलीका दर्जनौं कथा त्यतिकै कृति पनि प्रकाशित छन् ।

शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।

पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू