‘सिन्धु उत्थान केन्द्र (SUK) नेपाल’द्वारा इन्द्रावतीमा स्वास्थ्य सामाग्री सहयोग

36

सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका-७ स्थित ‘सिन्धु उत्थान केन्द्र (SUK) नेपाल’ नामक गैर सरकारी संस्थाले कोरोना महामारी संकटको समयमा समुदाय स्तरसम्म कोरोना माहामारी फैलनबाट रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

शुक्रबार इन्द्रावती गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष बंशलाल तामाङ लाइ संस्थाका सचिव बासुदेव अधिकारीले मास्क साबुन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । यसका अलावा संस्थाले गाउँपालिकाका सबै वडाहरुमा आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको सचिव अधिकारीले जानकारी दिए ।

No description available.

उनका अनुसार अहिलेसम्म करिब २० हजार पिस सर्जिकल मास्क ५०० लिटर सेनिटाइजर २०० पिस फेस सिल्ड ५०० पिस ग्लोब्स १००० पिस साबुन संस्थाले इन्द्रावती गाउँपालिकाका विभिन्न वडाहरुमा वितरण गरिसकेको छ भने यो  क्रम गाउँपालिका सँगको समन्वयमा निरन्तर चलिरहनेछ ।

भुकम्पको महामारीदेखीनै विपतमा नागरिकको भरोसाको रुपमा परिचित यो संस्थाले जनजिविकाका सवालमा सरोकार राख्ने शिक्षा स्वास्थ्य खानेपानी लगायतका धैरैकामहरु गरेर जनताको मन जितिसकेको स्थानियहरु बताउँछन् ।

साथै कोरोना महामारीले उग्ररुप लिँदैगएको वर्मान अवस्थामा गाउँपालिका सँगको समन्वयमा गाउँपालिका-७ स्थित ‘सिन्धु उत्थान केन्द्र (SUK) नेपाल’को भवन र (SUK) नेपालकै स्वामित्वमा रहेको विद्यालय भवन समेत आइसोलेसनको रुपमा उपलब्ध गराउन संस्था तयार रहेको समेत सचिव अधिकारीले बताए ।

No description available.

 

समाचार वर्गहरू