सिन्धुपाल्चाेक सँग विशेष सम्बन्ध गासिएकाे छ – गृहसचिव दुवाडी

238

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीले सिन्धुपाल्चाेक सँग विशेष सम्बन्ध गासिएकाे बताएका छन् ।

सिन्धुपाल्चाेककाे प्रमुख जिल्ला अधिकारी समेत भईसकेका दवाडीले श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहलाई सम्बोधन गर्दै भुकम्प पछि नागरिक कसरी चाँडाे भन्दा चाँडाे घरभित्र राख्ने भन्नेमा काम गरेकाे स्मरण गरे ।

ईन्द्रावतीमा आफु तेस्राे पटक आएकाे स्मरण गर्दै दवाडीले भने “यस विद्यालयबाट धेरैले विभिन्न क्षेत्रमा आफनाे क्षमता देखाईसकेका छन, मुलुकले खाेजेकाे नागरिक उत्पादन गर्न याे विद्यालय सफल हाेस ।”

२०३१ सालमा स्थापना भएकाे यस विद्यालयकाे स्वर्ण जयन्ती समाराेहमा अक्षयकाेषदाता, जग्गादाता, चन्दादाता, उत्कृष्ट विद्यार्थी लगायत विद्यालयका शिक्षकलाई सम्मान गरिएकाे थियाे । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिनुका साथै अनुशासित छात्र छात्रालाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयकाे प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक शिवराम न्याैपानेले आर्थिक बर्ष २०८०/०८१ मा १ कराेड ४२ लाख ५३ हजार ९ सय ९६ रूपैयाकाे आय र व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आफु पढेकाे यस विद्यालयलाई सकेकाे सहयाेग गर्ने बताउँदै आफु गाउँपालिकामा निर्वाचित भएपनि शैक्षिक सुधारमा निरन्तर लागेकाे बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले प्रगती गर्न सबै व्यक्ति धनिका छाेराछाेरी हुन जरूरी नभएकाे बताए । प्रगती गर्न विव्यस, विद्यालय, शिक्षक सहायक चिज भएकाे भन्दै आफुलाई के कस्ताे बनाउने भन्ने अठाेट चै प्रधान कुरा हुने बताउँदै उनले भने डाईनामिक र सकारात्मक साेच भएकाे जीवन कुमार थापामगर जस्ताे विव्यस अध्यक्ष भएमा शैक्षिक गुणस्तर वृद्वि हुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  पुर्व विव्यस अध्यक्ष तथा विष्लेषक सुदर्शन आचार्यले मानव जिवनको मुल आधारनै शिक्षा रहेकोले समयानुकुल प्राविधीक तथा आधुनिक शिक्षा आजको आवश्यकता रहेको बताए । सुशासनको पक्षमा कलम चलाएवापत अख्तियार बाट पुरस्कृत भएका आचार्यलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख, पुर्व विद्यार्थी एवं हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने लगायत जनप्रतिनिधीहरु राजनैतिक दलका प्रतिनिधीहरु संघ संस्थाका प्रतिनिधीहरुले शुभकाना दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी तथा अन्य कलाकारहरुको साङ्गितिक प्रस्तुती पस्केका थिए ।

स्वर्ण जयन्तीकाे अवसरमा पुर्व विद्यार्थी तथा चन्दादाता बाट २७ लाख भन्दा धेरै सहयाेग रकम प्राप्त भएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन कुमार थापामगरले जानकारी दिए । विद्यालयप्रति सहयोग सद्भाव राख्ने सबैलाई धन्यवाद दिँदै थापाले यसैगरी सबैको साथ सहयोग र हौसला प्राप्त भएको खण्डमा अझै धेरै काम गर्न सकिने बताए ।

समाचार वर्गहरू