सुनको मुल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ निर्धारण

5

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३ लाख २८ हजार रुपैयाँ ६ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ । भने सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको उल्लेख गरेको छ।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेर कारोबार भई रहेको जनाइएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ।

आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो। सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ।

समाचार वर्गहरू