(काठमाडौं) – नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य घटेर प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।