काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्क अगाडिको सडकमा नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी धमिला चाैलागाईंले क्षतिपुर्ती पाएकी छिन् । नगरपालिकाकी मेयर मोहनमाया ढकालले उनलाई कार्यालयमै बोलाएर रु १० हजार क्षतिपूर्ति दिएकि हुन् ।
धमिलाले डालाेमा बाेकिरहेकाे काफल नगर प्रहरीले पाेखिदिएकाे थियाे । त्यतिबेला ती दिदी निकै निरीह देखिएकी थिइन् । साेही दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछी यस्तो अमानवीय कार्य गर्नेलाई कारबाही गर्नुपर्छ भनेर नगरपालिकाकाे ध्यानाकर्षण गराइएको थियाे ।
उक्त घटनाकाे चर्काे आलोचनापछि नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जानकारी गराएको छ । साथै उक्त दुर्व्यवहार गर्ने नगर प्रहरीलाई तत्काल कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको हाे ।
