‘सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउँछौँ’- मन्त्री बस्नेत

32
Photo: twitter.com/DrTedros

काठमाडौं – नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका छन्।

जेनेभामा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ग्रेबियससँगको भेटमा मन्त्री बस्नेतले नेपालले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका हुन्।

टेड्रोसले बिहिबार ट्वीटरमार्फत नेपालले गरेको प्रतिबद्धता सार्वजनिक गर्दै करबाट आउने रकमले विपन्नहरुको स्वास्थ्य सेवामा लगाउन सहयोगी हुने बताएका छन्।

टेड्रोसले नेपालमा क्षयरोग निर्मूल पार्न र डेंगुलगायतका रोग अन्त्य गर्न सहकार्य गर्ने बताएका छन्। उनले नेपाललाई टाइफाइड भ्याक्सिनमा विश्व स्वास्थ्य संगठनले सहयोग गर्ने पनि बताएका छन्।

डब्लुएचओको ७६औँ महासभामा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत स्विटजरल्याण्डको जेनेभामा छन्।

 

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू