स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार

60

रासस – स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको जनाइएको छ ।

प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ मन्त्रीमा मारिया जेसस मेन्तेरोलाई नियुक्त गरिएको छ । त्यसैगरी अरान्चा गोन्जालेज लाया नयाँ विदेशमन्त्री बन्दा, जुयन कार्लोस काम्पोले नयाँ न्यायमन्त्री र माग्र्राति रोब्लेसले नयाँ रक्षामन्त्रीको जिम्मेबारी पाएका छन् ।

प्रधानमन्त्री सान्चेजले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताएका छन् ।

समाचार वर्गहरू