हजारका १८२ थान नक्कली नोट र २०० थान तयारी कागज सहित तिनजना पक्राउ

16

काठमाडौं – सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीनजनालाइ नियन्त्रणमा लिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका– ५ गोलढुंगा नगिनीखोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही ठाउँका हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ चुइचुमा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका– २ घर भएका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका– १ घर भएका मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको डेराबाट एक हजार दरका एक सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सय थान कागज बरामद भएको छ ।

यसैगरी, चारवटा मोबाइल, १० वटा सिमकार्ड, २२० सिसीको  बा. ६५प ९०२७  नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको बालाजु वृत्तमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू