हवाई इन्धनको मूल्यबृद्धि : पेट्रोल, डिजेल र एलपी ग्यासको मुल्य यथावत

72

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको बृद्धि गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै गएराति १२ बजेदेखि लागू हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर मूल्यबृद्धि गरेको हो।

निगमले भारतबाट प्रतिलिटर १२३ रुपैयाँ बढेर आएकाले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकोमा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ अमेरिकी डलर रहेकोमा प्रतिकिलोलिटर १७८५ डलर पुर्‍याएको छ । पोखरामा १७३२ डलर र १७१६ डलर पुर्‍याइएको छ ।

null

यता भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजेलमा प्रतिलिटर ९४.९३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ ।

तर, पेट्रोल, डिजेल र एलपी ग्यास साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भइरहेकाले मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा निगमलाई १३ अर्ब २१ करोड घाटा हुने बताइएको छ।

समाचार वर्गहरू