‘हामीले आह्वान गरेका हौं तर फकाएर ल्याएका होइनौं – ओली

125

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठलगायत नेता कार्यकर्ताहरूलाई आफूसँग कुनै पद नमागेको बताएका छन्।

एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै ‌ओलीले कुनै पदबिना नै आफ्नै अनुभव लिएर घर फर्किएको बताए।

उनले भने, ‘हामीले आह्वान गरेका हौँ। तर जोड गरेर आउन आउँ भनेर फकाएर ल्याएको होइन। हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले फर्किनुभएको हो। हामीले केही पनि दिन्छु भनेका छैनौँ। उहाँहरूले पनि यो चाहियो भन्नुभएको छैन। घर फर्किने मात्रै भन्नुभएको हो।’

उनले थपे, ‘मैले उहाँहरूलाई मनभित्र कता कता लोभ त राखेको छैन भनेर सोधेँ, उहाँहरूले भन्नुभयो, केही छैन। उहाँहरूले कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमा बसौँला, केही छैन। गन्तव्य हेरेर हामी आएका हौँ भन्नुभएको छ। त्यसलाई पार्टीले कदर गर्छ।’

समाचार वर्गहरू