हामीले भनेको कुरा पूरा गरेर आएका छौँ, विश्वासलाई अब भोटमा बदल्नुस् : काँग्रेस सभापति गगन थापा

22

सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी( २ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नु भएको छ ।

अब यो क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेता कार्यकर्तालाई आग्रह गरे । कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला’ उनले भने, ‘म तपाईँहरूको विश्वासमा परेको छु ।

हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ ।’ उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए ।

समाचार वर्गहरू