नवलपरासी – कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहेका पूर्वी नवलपरासीका दुई जनाको मृत्यु भएको छ ।
होम आइसोलेशनमा रहेका गैंडाकोट नगरपालिका-२ की ७७ वर्षीया वृद्धा र कावासोती नगरपालिका-६ का ६७ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।