१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादीको निर्णय

31

काठमाडौं – नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको सोमबार बसेको भर्चुअल बैठकले पार्टी छाडेर एमाले भएका जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिबैठकले दल त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएपनी निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

माओवादी पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिए ।

माओवादी केन्द्रको दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्ने र त्यसमा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिने बिषयमा छलफल भएको पनी नेता दुलालले बताए ।

समाचार वर्गहरू