१५ दिन थपियो सहकारीसम्बन्धी छानबिन समितिको म्याद

66
फाइल फोटो

काठमाडौं – सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपिएको छ।

समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएपछी सभामुख देवराज घिमिरेले समितिको म्याद १५ दिन थपिएको घोषणा गरे।

रातदिन र बिदाको दिन काम गर्दासमेत छानबिन बाँकी रहेकाले संयोजक थापाले म्याद थपसम्बन्धी प्रस्ताव पेस गरेका थिए। तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो।

नेकपा एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा कांग्रेसबाट सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट संयोजक थापासहित सरिता भुसाल, राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रका लेखनाथ दाहाल र रास्वपाका शिशिर खनाल सदस्य छन्।

कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकेको छ। सोही आधारमा समितिले अध्ययन अनुसन्धान गरिरहेको संयोजक थापाले बताए।

समाचार वर्गहरू