६ वर्षदेखि थन्किएको विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

86

काठमाडौं – लुम्बिनीमा पर्यटकलाई सुविधा दिने उद्देश्यले दाताले ६ वर्षअघि दिएर अलपत्र करोडौं मूल्यका विद्युतीय बस तत्काल सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन गरेको छ ।

लामो समय सञ्चालन हुन नसकेपछि काठमाडौँ लैजाने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा प्रधानमन्त्री कार्यालयको चासोपछि रोकिएको छ ।

लामो समयदेखि सञ्चालनविहीन अवस्थामा रहेका पाँचवटा विद्युतीय बसलाई राजधानी पठाउने प्रक्रिया अघि बढाइएको तयारी पाएपछि प्रधानमन्त्री कार्यालयमार्फत लुम्बिनी विकास कोषलाई निर्देशन गराएर अन्तिम समयमा निर्णय उल्टिएको स्रोतले जनाएको छ ।

लुम्बिनी विकास कोष अन्तर्गत रहेका ती बसलाई दुई साताअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाउने तयारी गरिएको थियो । तर सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले बसबारे चासो राख्दै लुम्बिनीमै सञ्चालनको विकल्प खोज्न निर्देशन दिएपछि प्रक्रिया रोकिएको हो ।

समाचार वर्गहरू