शोभाको उजुरीमा महेश बस्नेतको इन्कारी बयान

98

काठमाडौं – एमाले नेता महेश बस्नेतले बुधबार साइबर व्युरोमा बयान दिएर फर्किएलगत्तै च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

प्रहरीको साइबर व्युरोका प्रवक्ता एसपी दीपक अवस्थी उनलाई तत्काल पक्राउ गर्ने कुरा नभएको तर प्राप्त जाहेरीमाथि सोधपुछ गर्न बोलाइएको उनले जानकारी दिए ।

धादिङकी शोभा भनिने जानुका पाठकले दिएको जाहेरीका आधारमा बस्नेतमाथि अनुसन्धान शुरु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ३१ मा तामेलीमा राख्न पठाएको उक्त जाहेरीउपर असोज ५ मा फेरि अर्को निर्देशन गर्दै अनुसन्धान गर्न भनिएको थियो । त्यही आधारमा २२ दिनपछि बस्नेतको बयान लिइएको हो ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार बस्नेत अनुसन्धानको प्रक्रियामा छन् । जाहेरवाली जानुकाले बस्नेतसँग आफ्नो विवाहेत्तर सम्बन्ध दावी गर्दै आएकी छन् ।

बस्नेतले अस्वीकार गरेका छन् । यही आरोप–प्रत्यारोपका बीच बस्नेतले पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुने हदको कसुर गरेको दावी गर्दै जाहेरी दिएकी थिइन् ।

बस्नेतले जाहेरवाली पाठकलाई विभिन्न सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको र फोनमा अश्लील शब्दसहित धम्क्याएको जिकिर गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार बस्नेतले आफूले बोलेको भनिएका र लेखेको भनिएका कुरा एआई र फोटोसपको प्रयोगबाट प्रचारित गरिएको बयान दिएका छन् ।

उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको र जाहेरवाली त्यसको मतियार भएको उनको दावी छ । आफ्नो मुखबाट अश्लील शब्दको उच्चारण हुँदै नभएको, तर विकसित प्रविधिको दुरुपयोगबाट त्यस्तो स्वर बनाइएको भनेका छन् ।

समाचार वर्गहरू