काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्तपालले जनाएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति निकालेर यो जानकारी दिएको हो।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा भनिएको छ।
शनिबार बिहान जेनजीहरूसँग छलफल गर्दागर्दै अस्वस्थ्य भएपछि पौडेललाई अस्पताल भर्ना गरिएको थियो।