राष्ट्रपतिलाई डाक्टरको सल्लाह- केही दिन आराम गर्नुस

49
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका थिए ।

स्वास्थ्य परीक्षण र उपचारपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, अस्पतालबाट डिस्चार्ज भए पनि डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ ।

गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भए पनि उनी बिरामी परेका कारण वार्ता हुन सकेको थिएन। त्यसैले, उक्त वार्ता आजका लागि सारिएको थियो।

समाचार वर्गहरू