काठमाडौं – पूर्वसांसद नवराज सुवेदीको नेतृत्वका जनयुग पार्टी गठन गरिएको छ । जनयुग पार्टीको प्रथम भेलाले प्यूठानका पूर्वसांसद सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन गरी कार्य विभाजनसमेत गरिएको छ ।
भेलाले संयोजक नवराज सुवेदी (प्यूठान) हाल ललितपुर, सचिव विमल पोखरेल (प्यूठान), सदस्य डा. लछी सिंह (कञ्चनपुर), ठाकुर पोखरेल (काठमाडौं), गणेश लोहार (बैतडी), डा. अमृत भुसाल (अर्घाखाँची), आह्वान श्रेष्ठ (भक्तपुर), कृष्ण अर्याल (गुल्मी), कुलचन्द्र पोखरेल (प्यूठान), रामचन्द्र पोखरेल (काठमाडौं), उपेन्द्र अधिकारी (दोलखा), पुरुषोत्तम गजुरेल (नुवाकोट), रीता पोखरेल (मोरङ), विमला कार्की (धनकुटा) रहेका छन् ।
यस्तै रविन्द्र सिंह (ललितपुर), उत्तम शर्मा (बाग्लुङ), सुभद्रा क्षेत्री रावत (सिन्धुली), बरुणध्वज मल्ल (प्यूठान), कृष्णप्रसाद भुसाल (अर्घाखाँची), सुनिता कुँवर (धादिङ), सिर्जना सुवेदी (जुम्ला), सचन विश्वकर्मा (सिन्धुली), इन्द्र कँडेल (कैलाली), दीपक रोका (प्यूठान), जीवराज बस्नेत (दाङ), राजु पौडेल (रुपन्देही), सुमन आचार्य (चितवन), नवीन पाण्डे (सुनसरी), गणेश थापा (रुपन्देही), सरोजमान सिंह (बाग्लुङ), नवीन केसी (प्यूठान) र शान्ता पोखरेल (रुपन्देही) रहेका छन्।
भेलाले संगठन विस्तारका क्रममा जनयुग पार्टीका तर्फबाट विभिन्न जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सो क्रममा नयाँ सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरणसमेत गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
भेलाले देशभरका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका सवालमा आवाज उठाइरहेका समूहहरूसँग एकता र सहकार्य गर्ने नीति पनि तय गरेको छ।
पार्टीको पहिलो भेलाको बन्द सत्रले विभिन्न कार्य विभाजनसहित ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।