हिमालयन लाइफ इन्स्योरेन्समा स्वतन्त्र अभिकर्ता समिति गठन

110

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सक्रिय अभिकर्ताहरुले स्वतन्त्र अभिकर्ता समिति गठन गरेका छन् ।

कम्पनिका एक सय ५० जना अभिकर्ताको उपस्थितमा बरिष्ठ अभिकर्ता बसन्तकुमार साहको संयोजकत्वमा हिमालयन लाइफ इन्स्योरेन्स स्वतन्त्र अभिकर्ता समिति गठन गरिएको बरिष्ठ अभिकर्ता इन्द्र बि.क.ले जानकारी दिए ।

उनका अनुसार समितिको सातै प्रदेशमा शाखा बिस्तार गर्ने लक्ष्य अनुरुप प्रदेश संयोजक समेत तोकिएको छ । जस अनुसार कोशी प्रदेश संयोजकमा खिबराज दाहाल, मधेश प्रदेश संयोजकमा गोपालबहादुर श्रेष्ठ, बाग्मति प्रदेश संयोजकमा रेशम श्रेष्ठ, लुम्बिनि प्रदेश संयोजकमा चन्द्रबहादुर नेपाली र सूदूरपश्चिम प्रदेश संयोजकमा हरिशबहादुर विश्वकर्मा चयन भएका छन् । संयोजकहरूले आ–आफ्ने प्रदेशमा बढिमा ३ महिना भित्रमा समितिलाई पूर्णता दिने उनले बताए ।

समितिले तत्कालका लागि मुख्य ३ वटा माग अघि सारेको छ । जसमा बिमितको लागि कम्तिमा प्रति हजारमा रु ५० बोनस उपलब्ध गराउनुपर्ने संस्थामा सुशासन कायम गर्नुपर्ने र कम्पनिमा गुटबन्दी अन्त्य गर्दै अभिकर्ताको सर्वोपरी संरक्षण गर्नुपर्ने लगायत रहेका छन् ।

समाचार वर्गहरू