कांग्रेस केन्द्रीय समिति बैठक आज

55
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (असोज ३०) बस्दै छ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

मंगलबार (असोज २८) सुरु बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । त्यससँगै बैठक स्थगन गरिएको थियो । बुधबार (असोज २९) बैठक राखिएन ।

मंगलबार बैठकमा सम्बोधन गर्दै देउवाले कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए ।

पार्टी विशेष महाधिवेशनमा जाने वा नियमित गर्ने, १४औँ महाधिवेशनका बहुसंख्यक प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई बुझाएको हस्ताक्षर, निर्वाचन वा संसद् पुनर्स्थापना भन्ने बारेमा बैठकबाट निर्णय गरिने बताइएको छ । न्युज एजेन्सी नेपाल

समाचार वर्गहरू