काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई संवाददाता बनिरहेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबारको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो गरिमा कायम राख्न अनुरोध समेत गरेका छन्।
‘साथीहरू पार्टीलाई माया गर्न सिकौं । बैठक चलिरहेकै बखत समाचार र भिडियोहरू बनिरहेका छन् । एमालेका केन्द्रीय सदस्यहरू संवाददाता बनिरहेका छन्’ ओलीले अगाडि भने, ‘आफ्नो महत्त्व थाहा पाउनुस्, आफ्नो गरिमा कायम राख्नुहोस्, मेरो भन्नु केही छैन।’
बैठकमा ओलीले आफ्नो भनाइ राख्ने अधिकार दिएको भन्दै त्यसको उपयोग गर्न समेत आग्रह गरेका छन्।