स्याङ्जामा एक घर, एक गीता अभियान

144

काठमाडौं – बिश्व हिन्दु युवा सघ स्याङ्जाले “एक घर, एक गीता अभियान ” तिब्रताका साथ अगाडि बढाएको छ।

आज बिश्व हिन्दु युवा सघ स्याङ्जाले अर्जुन चौपारी गाउपालिका वार्ड न ४ स्थित श्री जन मा बि मा कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने बिधार्थीहरुलाई गीता पुस्तक बितरण गरेको हो।

गीता बितरण कार्यक्रममा बिश्व हिन्दु युवा सघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले गीताको बारेमा र बिश्व हिन्दु युवा सघ स्याङ्जाले अहिले सम्म गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बिधालयका प्रध्यानाध्यापक आत्मराम चापागाई ,बिधालयका शिक्षक नारायण काफ्लेले सघले गरेका कार्यको प्रससा गरे ।

सघले यस अघि बिभिन्न कार्यक्रमको माध्य मार्फत गीता बितरण गर्दै आएको छ र यो अभियानमा जोडिनको लागी आग्रह समेत गरेको छ।

समाचार वर्गहरू