जेन्जी आन्दोलनमा जेलबाट भागेकी एक महिला हेलम्बुबाट पक्राउ

60

काठमाडौं – जेन्जि आन्दोलनको क्रममा प्रहरी केन्द्रीय कारागार बाट भागेकी एक महिला पक्राउ परेकी छन् ।

केन्द्रीय कारागार परिसरस्थित जगन्नाथदेवल महिला सुधारगृहबाट भदौ २४ गते फरार भएकी गोगनकुमारी थापा सिन्धुपाल्चोकको हेलम्बुबाट पक्राउ परेकी छन्।

इलाका प्रहरी कार्यालय, हेलम्बुका प्रहरी निरीक्षक सञ्जिव योञ्जनका अनुसार हेलम्बु–१ स्थित आफ्नै घरमा लुकेर बसेकी थापालाई सुराकीको आधारमा बुधबार पक्राउ गरिएको हो।

थापा पुर्पक्षका लागि सुधारगृहमा थुनामा रहेकी थिइन्। फरार भएको एक महिनापछि उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागारस्थित महिला सुधारगृहमा चलान गरिएको प्रहरी निरीक्षक योञ्जनले जानकारी दिए।

समाचार वर्गहरू