गृह मन्त्रालयद्वारा ७७ वटै जिल्लाका सीडीओलाई ६३ बुँदे निर्देशन (पूर्णपाठ)

70

काठमाडौं – गृह मन्त्रालयले देशैभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, र आसन्न निर्वाचनको तयारीलगायतका विषयमा विशेष निर्देशन दिएको हो ।

गृहसचिव स्तरीय निर्णयअनुसार जारी गरिएको निर्देशनमा आम नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन जोड दिइएको छ।
निर्देशनमा भनिएको छ, ‘विभिन्न बहानामा हुन सक्ने अवाञ्छित गतिविधि, चन्दा आतंक, र कानुन विपरीतका कार्यलाई कडाइका साथ नियन्त्रण गरी आम नागरिकको जिउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्नू ।’

सूचना तथा सञ्चार: सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाप्रति चनाखो रहँदै सत्यतथ्य जानकारी तत्काल प्रवाह गर्न र जिल्लाको शान्ति सुरक्षामा खलल पार्न सक्ने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न निर्देशनमा उल्लेख छ ।

      

समाचार वर्गहरू