गजेन्द्रनारायण सिंह अस्पताल तोडफोडकाे आराेपमा चारजना पक्राउ

95

काठमाडौं – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा आगजानी तथा तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए ।

अस्पतालको एनआइसीयु वार्डको बल्ब झडेर अस्पतालमा भर्ना भएका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको शिशुलाई लागेको थियो ‌। शिशुको जन्म आजै भएको हो । यही कारण आक्राेशित युवाहरु ताेडफाेडमा उत्रिएका हुन् ।

केहीबेर अघि एकजनाले अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात प्रयास समेत गरेका थिए । रासस

समाचार वर्गहरू