एकै दिन दुई पूर्व वडाध्यक्षको निधन

125

काठमाडौं – वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका दुई पूर्व वडाध्यक्षको एकैदिन निधन भएको छ ।

दैलेखको भैरवी गाउँपालिका १ का कासीराम कार्की र दुल्लू गाउँपालिका ८ का टिकाराम थापाको काठमाडौंमा उपचारका क्रममा निधन भएको पुष्टि भएको छ ।

एमाले नेता विष्णु रिजालका अनुसार लगातार स्वास्थ्य समस्याका कारण राजधानीमा उपचाररत उनीहरूको एकै दिन मृत्यु भएको हो ।

उनका अनुसार स्थानीय तहको प्रारम्भिक चरणदेखि नै सक्रिय दुवै जनप्रतिनिधि आफ्ना क्षेत्रमा लोकप्रिय र सेवा–प्रतिबद्ध थिए । रासस

समाचार वर्गहरू