गृहमन्त्री अर्यालले गरे तीन डीआईजीको सरुवा

71

काठमाडौं – नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ।

गृहमन्त्रीस्तरको निर्णयानुसार डीआईजीहरू विनोद घिमिरे, दिलिपिसिंह देउवा र दीपकुमार बस्नेतको आज (सोमबार) सरुवा भएको हो।

घिमिरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, देउवाको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल सरुवा भएको छ ।

त्यसैगरी बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा भएको हो।

May be an image of blueprint and text

समाचार वर्गहरू