एमाले महाधिवेशनको तस्बिर भन्दै सामाजिक सञ्जालमा नक्कली तस्बिर भाइरल

94

काठमाडौं — भक्तपुरको सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन चलिरहँदा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ । मैदानभरि मानिस देखिने तस्बिर एमालेको महाधिवेशनस्थल भन्दै सामाजिक सञ्जालमा फैलिएको हो ।

तस्बिरमा मानिसहरुको बाक्लो भीड जस्तो देखिन्छ । तर वास्तविकतामा उक्त तस्बिर एमाले महाधिवेशनको होइन । यो तस्बिर दिउँसो २ बजेदेखि नै सामाजिक सञ्जालमा फैलिएको देखिन्छ । दिउँसो २ बजेर ७ मिनेटमा ‘बचन राज जोशी’ नामक फेसबुक प्रोफाइलबाट पोस्ट भएको देखिन्छ ।

Who is spreading confusion by claiming that it is a photo of the UML general convention?

तस्बिर पोस्ट गर्ने जोशी ‘कामनाटुडे’ नामक अनलाइन पत्रिकाका अध्यक्ष /सञ्चालक हुन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा हजारभन्दा धेरै रिएक्ट, २ सयभन्दा धेरै कमेन्ट र १० पटक सेयर भएको देखिन्छ ।

पोस्टमा धेरै प्रयोगकर्ताहरुले तस्बिर गलत भनेर कमेन्ट गरेका छन् । धेरै प्रयोगकर्ताहरुले सामाजिक असली तस्बिर पोस्ट्याउँदै कमेन्ट गरिरहँदा पनि एमालेकै उच्च तहका नेताहरुले यो तस्बिर पोस्ट गरेको देखिन्छ ।

एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले समेत आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छन् । बस्नेतले ३ बजेर १५ मिनेटमा ९ वटा तस्बिर पोस्ट गरेका छन् । जसमध्ये एक यो तस्बिर पनि हो ।

Who is spreading confusion by claiming that it is a photo of the UML general convention?

उनले पोस्ट गरेको उक्त तस्बिरमा २१ सयभन्दा धेरै ‘रिएक्ट’, ५ सयभन्दा धेरै कमेन्ट र २१ पटक सेयर भएको देखिन्छ ।

एमाले बौद्धिक परिषद्का केन्द्रीय सदस्यसमेत रहेका एमाले महासचिव शंकर पोखरेलका स्वकीय सचिव सरोजकुमार रेग्मीले पनि आफ्नो फेसबुक अकाउन्टमा उक्त तस्बिर पोस्ट्याएका छन् । शनिबार दिउँसो ३ बजेर ४३ मिनेटमा उनले तस्बिर पोस्ट गरेका हुन् । तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह…’

Who is spreading confusion by claiming that it is a photo of the UML general convention?

यो सामग्री तयार पार्द सम्म उक्त पोस्टमा २ सयभन्दा धेरै ‘रिएक्ट’, ३९ कमेन्ट र २१ भन्दा बढी पटक सेयर भएको देखिन्छ । सेयर गर्नेमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल पनि छन् ।

त्यस्तै नेपाल प्रेस चौतारीका वर्तमान अध्यक्ष गणेश पाण्डेले समेत उक्त तस्बिर पोस्ट गरेका थिए । पाण्डेले तस्बिर पोस्ट गर्दै लेखेका छन् – ‘नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई ड्रोनबाट हेर्दा’ । यद्यपि हाल उनले डिलिट गरिसकेका छन् । इकान्तिपुर

समाचार वर्गहरू