ए डिभिजन लिगमा मच्छिन्द्र र पुलिस भिड्दै

28
फाइल फोटो

(काठमाडौं) – कतार एयवेज सहिद स्मारक ए डिभिजन लिगमा आज मच्छिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मच्छिन्द्र र पुलिसबीच खेल हुन लागेको हो ।

दुई टोलीबीचको त्रिपुरेश्वरस्थित खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा मच्छिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मच्छिन्द्रले लिगको सुरुवात गरेको थियो ।

४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ । लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

समाचार वर्गहरू