श्रीमतीको अन्तिम संस्कारका लागि राई परिवार सवार हेलिकप्टर दुर्घटना : शव विहिबारमात्र खोटाङ पुग्ने (भिडिया सहित)

10

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका २ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिएका छन् । वडाध्यक्ष राईले हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार रहेको र उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याई खोटाङ स्थित केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा लगिएको थियो ।

वाडध्यक्ष राईले सो हेलिकप्टरमा ५ जना चढेपछि शव राख्ने ठाउँ नभएपछि शवबहानमा शव हालेर उहाँहरू चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आएको बताए । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो । शव भने भोलि विहिबार मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले खबर पाएको वडाध्यक्ष राईले बताए ।

हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार रहेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर खोटाङमा दुर्घटना (भिडियो सहित)

एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।

समाचार वर्गहरू