कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न अर्को समिति गठन

95
फाइल फोटो

काठमाडौँ — सरकारले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायको भूमिका सम्बन्धमा ‘भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित आयोग’को प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा उल्लेख गरेका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले गौरीबहादुर कार्की संयोजकत्वको समितिले दिएको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयनबारे अध्ययन गर्न समिति गठन गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरलेका अनुसार उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको समिति गठन गर्ने,’ मन्त्रिपरिषद्को निर्णय छ ।

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा राजनीतिक नेतृत्वका हकमा प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने र सुरक्षा निकायका हकमा प्रतिवेदन अध्ययन गरेर मात्रै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

समाचार वर्गहरू