काठमाडौंका कुन–कुन बस्तीमा चल्दैछ डोजर ?

101

काठमाडौं । सरकारले काठमाडौंका दुई दर्जन बस्तीमा डोजर लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाको वडानम्बर ३ अन्तर्गतको खाडीपाखा, नारायणटोल र  रानीबारी, वडा नम्बर ४ को बालुवाटार र धुम्बाराहीको बस्ती हटाउन लागेको हो ।

त्यस्तै, काठमाडौं महानगरकै वडा नम्बर १० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा नम्बर ११ को वंशीघाट, १४ को जागरणमार्ग, बल्खु, १५ को स्वयम्भु, १६ को बुद्धज्योति र जागृति मार्ग, २६ को संगम टोल, २९ को अनामनगर र ३२ को जडीबुटी मिलनचोकमा डोजर लगाउने निश्चित भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंकाका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारका अनुसार कागेश्वरी मनोहराको गोठाटार बुद्धचोक र मनोहरा टोल, बुढानीलकण्ठको पाथिभरा र कपनका बस्ती हटाउन लागिएको हो ।

काठमाडौंका नदी किनारका अनधिकृत सबै बस्तीहरू वैशाख १७ गते साँझसम्म खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । वैशाख १८ गते बिहान ७ बजेदेखि बस्ती हटाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

समाचार वर्गहरू