कोशी र लुम्बिनीका मन्त्रीसहित ७ कांग्रेस नेतामाथि अनुशासनको कारबाही

83

काठमाडौं। नेपाली कांग्रेसले कोशी र लुम्बिनीका मन्त्रीसहित ७ कांग्रेस नेतालाई कारबाही गरेको छ।

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ कांग्रेस नेतालाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइएको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

स्पष्टीकरण सोधिएका नेताहरूमा महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वनमन्त्री देवेकरण प्रसाद कलवार (सन्तु), पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम चौपाने, लुम्बिनी प्रदेशसभा उपसभामुख राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन्।

ती नेताहरूलाई केन्द्रीय अनुशासन समितिमा पाँच दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ।

समाचार वर्गहरू