संवैधानिक परिषद्‍मा विवेकको अभाव देखियो : नेपाल बार एशोसिएशन

22

काठमाडौँ । संवैधानिक परिषद्‍मा विवेकको अभाव देखिएको नेपाल बार एशोसिएशनले जनाएको छ । नेपाल बार एशोसिएशनले न्यायपालिकालाई कुनै पनि बहानामा नियन्त्रित वा निर्देशित गर्ने सरकारको प्रयास अस्वीकार्य हुने चेतावनी समेत बार एशोसिएशनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले दिएका छन् ।

उनले संवैधानिक परिषद्को नाममा न्यायिक निकायमाथिको नियन्त्रण वा हस्तक्षेप स्वीकार्य नहुने समेत चेतावनी दिएका छन्।

उनले संविधान र कानूनी शासनमाथि देखिएका चुनौतीमाथिको छलफलका निष्कर्ष सुनाउँदै संवैधानिक परिषद्मा विवेकको अभाव देखिएको भन्दै मैनबत्ती वा लालटिन बालेर खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरेका छन्।

उनले स्वतन्त्र न्यायपालिका केवल बारको मात्र नभई विदेशी तथा क्षेत्रीय कानुनी संस्थाहरूको समेत सरोकारको विषय भएको भन्दै यसतर्फ ध्यानाकर्षण आवश्यक रहेको बताए।

उनले अदालतले श्रम अदालत, प्रशासकीय अदालतलगायतका निकायका न्यायाधीशहरूको पदावधि सकिनु अघि राजीनामा दिन दबाव गरिरहेको भन्दै त्यसको प्रतिवाद गरिनेसमेत बताए।

उनले अध्यादेशलाई नियमित शासन शैली बनाउने अभ्यास रोक्नुपर्ने र संविधान संशोधनजस्ता विषय संसदमार्फत मात्रै अघि बढाउनुपर्नेमा समेत जोड दिए।

समाचार वर्गहरू