प्रधानमन्त्री बालेन्द्र साहले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिने

51

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज (बुधबार) प्रतिनिधि सभा बैठकमा नजाने भएका छन् । भने प्रधानमन्त्री साहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने बताइएको छ ।

यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री साहले संसदबाट जवाफ दिने भनिएको थियो । प्रधानमन्त्री भएपछि बालेन्द्र साहले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन् । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो ।

समाचार वर्गहरू