प्रतिनिधिसभाको सचिवमा अधिकारी

65

काठमाडौँ। प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्।

संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन्।

सभामुख अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए।

नवनियुक्त अधिकारी यसअघि सभामुख अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा निजी सचिवका रूपमा कार्यरत थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कार्यकर्ता रहेको चर्चा पनि राजनीतिक वृत्तमा भइरहेको छ ।

रास्वपाले सार्वजनिक रूपमा राज्यका निकायमा आफ्ना दलका कार्यकर्तालाई नियुक्त नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको भए पनि प्रकाश अधिकारीको नियुक्तिपछि भने सो प्रतिबद्धता व्यवहारमा लागू हुन नसकेको भन्दै आलोचना सुरु भएको छ ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।

समाचार वर्गहरू