प्रधानमन्त्री र आईजीपीबिरुद्ध जथाभावी बोलेपछि दुर्गा प्रसाई पक्राउ

52
फोटो - रासस

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार बीरगंजबाट पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईलाई बीरगंजको दियालो होटलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्दैआएका प्रधानमन्त्री वालेन्द्र शाह तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबिरुद्ध जथाभावी अभिब्यक्ति दिएपछि उनी पक्राउ परेको बताइएको छ । यद्यपि प्रहरीले उनको पक्राउको कारणबारे बताएको छैन ।

रास्वपा नेतृत्त्वको सरकार बनेपछि प्रसाई पहिलोपटक पक्राउ परेका हुन् । चुनावअघि उनलाई पक्राउ गरी निर्वाचनपछि मात्र रिहा गरिएको थियो ।

समाचार वर्गहरू