भट्ट र अग्रवाललाई सघाएको आशंकामा ललितपुर प्रहरीमाथि छानबिन समिति गठन

63

काठमाडौं – सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर परिसरका प्रहरीमाथि छानबिन सुरु भएको छ।

उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको अध्यक्षतामा छानबिन समिति गठन गरेर प्रकृया अघि बढाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको थियो। विभागको आफ्नै हिरासत नभएकाले प्रहरीका हिरासतमा राख्ने गरेको छ। यसरी हिरासतमा राख्दा मोबाइल प्रयोग गरेको दिएको, भेटघाटमा बिशेष सुविधा दिएको तथा  राति प्रहरीकै कोठामा सुताएको विषयमा छानबिनमा गर्न समिति गठन भएको स्रोत बताउँछ ।

ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीले नै उनीहरुलाई यसरी हिरासतमा सघाएको आरोप लागेको छ। स्रोतका अनुसार यो विषय प्रधानमन्त्री कार्यालय पुगेपछि छानबिन थालिएको हो।

हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीहरुमाथि विभागले छानिबन गरेको हो।

समाचार वर्गहरू