एमालेकाे वरीयताक्रम निर्धारण : बादल दाेस्राेमा पर्दा पुछारमा महेश (सूचीसहित)

60

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गरेको छ । भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने गरी अध्यक्षदेखि सचिवसम्मका पदाधिकारीहरूको नयाँ वरीयताक्रम टुंगो लगाइएको हो ।

निर्धारित वरीयताक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन् । उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल तेस्रो, पृथ्वीसुब्बा गुरुङ चौथो, गोर्कण विष्ट पाँचौँ तथा रघुजी पन्त छैटौँ वरियतामा परेका छन् । एघारौँ महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले उपाध्यक्षमध्ये सर्वाधिक मत प्राप्त गरेका थिए ।

यस्तै, सातौँ वरियतामा महासचिव शंकर पोखरेल रहेका छन् । उपमहासचिवहरूमा लेखराज भट्ट पहिलो, रघुवीर महासेठ दोस्रो तथा योगेश भट्टराई तेस्रो वरियतामा परेका छन् ।

एमालेले तय गरेको पदाधिकारीहरूको वरीयताक्रम यस्तो छः

१. अध्यक्ष :           केपी शर्मा ओली
२. उपाध्यक्ष :        रामबहादुर थापा
३. उपाध्यक्ष :       विष्णुप्रसाद पौडेल
४. उपाध्यक्ष :       पृथ्वीसुब्बा गुरुङ
५. उपाध्यक्ष :       गोर्कण विष्ट
६. उपाध्यक्ष :       रघुजी पन्त
७. महासचिव :      शंकर पोखरेल
८. उपमहासचिव : लेखराज भट्ट
९. उपमहासचिव : रघुवीर महासेठ
१०. उपमहासचिव : योगेश भट्टराई
११. सचिव :            छविलाल विश्वकर्मा
१२. सचिव :           पद्मा अर्याल
१३. सचिव :           खगराज अधिकारी
१४. सचिव :          भानुभक्त ढकाल
१५. सचिव :          यामलाल कँडेल
१६. सचिव :          शेरधन राई
१७. सचिव :         राजन भट्टराई
१८. सचिव :          हिक्मत कार्की
१९. सचिव :         महेश बस्नेत

 

समाचार वर्गहरू