सरकारले रोक्यो सबैखाले नयाँ सवारीसाधनको दर्ता

48

काठमाडौँ । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र पठाउँदै विद्युतीय सार्वजनिक सवारी साधनसमेत नयाँ दर्ता नगर्न निर्देशन दिएको जनाएको छ ।

बढ्दो वायु प्रदूषण, सवारी चाप, ट्राफिक जाम तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको अव्यवस्थालाई मुख्य कारण मान्दै यस्तो कदम चालिएको जनाइएको छ ।

विभागका अनुसार इन्धनको मूल्यवृद्धि र सवारी साधनको अत्यधिक चापले सडक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको निष्कर्षसहित दर्ता रोक्ने निर्णय गरिएको हो ।

यो निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार गरिएको विभागले स्पष्ट पारेको छ । उक्त कानुनी व्यवस्थाले वातावरणीय असर, सडकको अवस्था, सवारी चाप वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारण देखिएमा निश्चित प्रकारका सवारी साधनको दर्ता रोक्न विभागलाई अधिकार दिएको छ ।

समाचार वर्गहरू