इन्द्रावतीको सूर्यकोटमा मेसिन तथा कृषि औजार वितरण

71

काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सूर्यकोटस्थित सूर्यकोट बहुउद्देश्यीय कृषक समूहको आयोजनामा “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत मेसिन तथा कृषि औजार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न कृषि सामग्री वितरण गरिएको थियो। प्रतिनिधिमूलक रूपमा ६८ जना कृषकको तर्फबाट श्री सरद नकर्मीलाई बिउको बोरा हस्तान्तरण गरिएको थियो। त्यसैगरी बेट फार्म टेक बा कटुवाल र पम्म बच्चु कटुवाललाई, ट्र्याक्टर रामकुमार भुजेललाई तथा अन्य कृषकहरूलाई सामग्री हस्तान्तरण गरिएको थियो।

वितरण गरिएका सामग्रीहरूमा ३०,१८७ केजी बिउ, १२० वटा किरिट, ३४ वटा पम्प, २० वटा ट्र्याक्टर तथा २ वटा बेट फार्म रहेका छन्।

जेठ ७ गते सम्पन्न कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष श्री झम्कनाथ नेपालले कृषकहरूले उत्पादन गरेको अदुवाको उचित बजारीकरण आवश्यक रहेको उल्लेख गर्दै कृषकले उचित मूल्य नपाउँदा गाउँपालिकाको कोल्ड स्टोरमा भण्डारण गरेर भए पनि संरक्षण गरिने र कृषकलाई उचित मूल्य दिलाउन पहल गरिने बताए।

विशेष अतिथिका रूपमा उपस्थित कृषि विकास कार्यालय काभ्रेका प्रमुख श्री कुलप्रसाद दवाडीले कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे प्रकाश पार्दै कार्यालय सधैं कृषकहरुसँगै रहेको बताए ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष एवं पालीका प्रवक्ता श्री शशिनाथ आचार्यले कृषकका समस्या समाधान, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनमा जोड दिए।

समूहका अगुवा रामप्रसाद गौतमले विगतदेखि सञ्चालन हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिँदै कृषकहरूलाई सक्रिय बनाएकोमा सबै कृषक तथा समूह सदस्यहरूलाई धन्यवाद दिए।

कार्यक्रममा वडा सदस्यहरू श्री कृष्णप्रसाद सन्जेल र श्रीमती राधिका तिमल्सिना, कृषि विकास कार्यालयकी अधिकृत अमृता पौडेल लगायत विभिन्न निकायका प्रतिनिधि, कृषक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको स्थानिय पशुपतिनाथ तिमल्सिनाले जानकारी दिए ।

समाचार वर्गहरू