आर्थिक विद्येयक पटक पटक परिमार्जन : डा. स्वर्णिम वाग्लेकै शैक्षिक योग्यतामा शंका उत्पन्न !!!

7

काठमाडौँ । आफुलाई सवैभन्दा जान्ने र बरिष्ठ अर्थशास्त्री वा अर्थविद् हुँ भनै झै प्रचार गर्दै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको शैक्षिक योग्यतामा समेत अहिले चौतर्फी रुपमा बहस सुरु भएको छ । कारण उनी संलग्न भएर तयार पारेको ‘आर्थिक विद्येयक’ र जेठ १५ गते सार्वजनिक गरेको ‘बजेट’ लाई लिएर सो बहस भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जान्नेलाई छान्ने भन्दै जनतको मत लिई गठन गरेको सरकारले जेठ १५ गते अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड गरेको आर्थिक विधेयक जेठ १६ गते एकाएक साईटबाट हटाइयो । त्यसको २/४ घण्टापछि फेरि राखिएको थियो । जसमा करका दर र व्यवस्थाहरूमा केही हेरफेर गरि पुनः अपलोड भएको थियो ।

भने त्यसबाट पनि कानुनी रुपमा बाझिन पुगेपछि अर्थ मन्त्रालयको वेबसाइटमा रहेको आर्थिक विधेयक तेस्रो पटक संशोधन गरेर पुनः अपलोड गरेपछि अर्थमन्त्री वाग्लेको शैक्षिक प्रमाणपत्र नै नक्कली त हैन भन्ने बहस चलेको पाइएको छ । जेठ १५ गते अर्थमन्त्री वाग्लेले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै पेस भएको आर्थिक विधेयक मंगलबारसम्म ४ पटक परिवर्तन गरिसकेको छ । हरेक परिवर्तनमा केही करका दरमा मात्र फेरबदल गरिएको छ ।

बिजुली कारोबार र घरायसी उपभोगमा भ्याट, २० लाखभन्दा कम मूल्यका विद्युतीय सवारीमा सडक निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित करजस्ता विषयमा हेरफेर।

केहीलाई राहत दिइएको छ भने केहीलाई भारी कर लगाइएको छ । बजेट सार्जजनिक भएकै भोलिपल्टदेखि यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई धेरैले चासो र आशंकाका रूपमा हेरेका छन् । विधेयकमा अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गर्न पाउने व्यवस्था रहे पनि त्यसको आफ्नै विधि र प्रक्रिया रहेकाले त्यस विपरीत गएर परिवर्तन गर्न नपाइने व्यवस्था रहेको छ ।

तर वाग्ले सो व्यवस्था विपरित परिमार्जन गरेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाई रहेको छ । ‘आवश्यक पर्दा अर्थमन्त्रीले परिवर्तन गर्न पाउँछ, तर यसको विधि र प्रक्रिया पुरा गर्नु पर्दछ । जसअनुसार विधेयकको संशोधन अर्थमन्त्रीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर र संसद्बाट पारित गरेर मात्र परिवर्तन गर्न पाउने व्यवस्था रहेको छ ।

भने सैद्धान्तिक रूपमा बजेट पेस गरे लगत्तै करका दरहरू परिवर्तन गर्न भने पाइँदैन । यसरी विधि र प्रक्रियाबिनै पटक पटक करका दर परिवर्तन हुनुले अर्थमन्त्री अस्थिर रहेको पुष्टि भएको पाण्डेले बताएका छन् । विगतमा विधेयकमा सामान्य त्रुटि जस्तो टाइपमिस्टेक, दोहोरिने लगायत सच्याइने गरेको थियो । तर अहिले जस्तो नयाँ व्यवस्था नै थप्ने, करका दर घटबढ गर्ने काम कहिल्यै नभएको अर्का पुर्वअर्थमन्त्री वर्षमान पुनको भनाई रहेको छ ।

सरकारका यस्ता गतिविधिले भित्री रूपमा चलखेल गरिएको आशंका समेत उनले गरेका छन् । अर्थमन्त्री वाग्ले प्रतिशत, रुपैयाँ लगायत सामान्य त्रुटि भेटिएपछि आर्थिक विधेयकमा संशोधन गरिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् । ‘२–३ वटा त्रुटि देखिएको, जस्तो प्रतिशत हुनुपर्ने रुपैयाँ भएको र यस्ता सामान्य त्रुटिमात्र संशोधन गरेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) ऐन परिमार्जन गरेर सुरुमा घरायसी प्रयोजनका लागि उपभोग हुने प्रतिग्राहक ५० युनिटसम्मको विद्युत् शक्तिलाई भ्याट नलाग्ने व्यवस्था गरेको थियो पछि लगत्तै संशोधन गरेर ५० युनिटभन्दा बढी भए ५ प्रतिशत भ्याट लाग्ने भनी थपेको बताइएको छ ।

पछिल्लो संशोधनले विद्युत् शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत् शक्तिकै कारोबार गर्ने व्यवसायमा भ्याट नलाग्ने तर उपभोग हुने प्रतिग्राहक मासिक ५० युनिटभन्दा बढीको विद्युत्मा भने भ्याट लाग्ने भनी पुन संशोधन गरिएको छ ।

पछिल्लो विधेयकमा आयकर ऐनको दफा ५ को उपदफा ११ मा खण्ड (ख) मा ३ (व) थप गरेर ‘महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा स्थापित चलचित्र घरलाई व्यावसायिक कारोबार सुरु गरेको मितिले १० वर्षसम्म कर छुट हुनेछ,’ भन्ने व्यवस्था थपिएको छ । पाँचौं, आयकर ऐनको दफा ११ मा १६ (ख) थप गरेर ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले बासिन्दा बिमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बिमा गरेको रहेछ भने त्यस्तो बिमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा दस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफाबमोजिम करको गणना गरिनेछ ।

यो व्यवस्था पनि बजेट वक्तव्यमा थियो । तर आर्थिक ऐनमा थिएन । संशोधनमार्फत समेटिएको छ । विधेयकमा संशोधन गरेर शिक्षण शुल्क वार्षिक रकमको २५ प्रतिशत वा २५ हजार रुपैयाँमा जुन घटी हुन्छ, त्यो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ,’ भन्ने थपिएको छ । यसरी अर्थमन्त्री वाग्लेले दैनिक जसो आर्थिक विद्येयकमाथी परिमार्जन र संशोधन गरि रहदाँ कि उनी अर्थतन्त्रको पक्षमा कमजोर भएका हो कि केही व्यवसायीहरुको सेटिङमा सो कार्य गरेको भन्ने प्रश्न अहिले उनीमाथी उठेको छ ।

समाचार वर्गहरू